सनसिटी अपार्टमेण्टका संक्रमित दुवै जना कोरोना मुक्त

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

पाटन अस्पतालमा उपचाररत पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट विहिवार डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवाक्ताले जानकारी गराउनुभयो । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा उपचाररत सनसिटी अपार्टमेन्टका दुई संक्रमित निको भएर डिस्चार्ज भएको बताउनुभयो ।

डा.देवकोटाका अनुसार हालसम्म ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण गरिएको छ । तीमध्ये क्वारेन्टाइनमा १० हजार ५ सय ७३ र आइसोलेसनमा ८६ जना रहेकाछन् ।पेसिकोला सनसिटिमा कोरोना प्रमाणित भएका व्यक्ति गत चैत ५ मा बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारीमा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

परीक्षणमा आमा र छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने बुहारीमा संक्रमण प्रमाणित भएन ।संक्रमित आमा, छोरालाई बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । योसँगै नेपालमा निको भएका संक्रमित संख्या नौ पुगेका छन् ।