उदयपुर र जनकपुरका गरि थप २ जनामा कोरोना संक्रमण

0
Shares

भगवती तिमल्सिना,काठमाडौ। 

विश्वमानै महामारीको रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि दिनदिनै थपिदैछ । बिहिवार पनि उदयपुर र जनकपुरका २ व्यक्तिमा कोरोना संक्रमण प्रमाणित भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको पछिल्लो अपडेटबारे जानकारी दिँदै प्रवक्ता डा. विकास देवकोटाले थप दुईलाई कोरोना पुष्टि भएको जानकारी गराउनुभएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षण क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षका एक युवामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । यसमा उदयपुरमा मात्र २७ जना छन् । अहिलेसम्म निको भएर अस्पतालबाट घर फर्कनेको संख्या पनि बढ्दै छ । विहिवार सम्म ९ जना उपचारपछि निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४३ हजार २ सय ७७ जनामा कोरोना परीक्षण भैसकेको छ । जसमा क्वारेन्टाइनमा १० हजार ५ सय ७३ जना र आइसोलेसनमा ८६ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ जनाको नमुना परीक्षण भएको छ ।

सबै जिल्लामा आरटिडी परीक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५ सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको नमुना परीक्षण भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।