फोटो पत्रकारहरुलाई मास्क र स्यानेटाईजर सहयोग

फोटोपत्रकार क्लबलाई स्यानेटाईजर हस्तानतरण गदै औषधी उत्पादक संघका महासचिब बिप्लव अधिकारी
0
Shares

न्युज अफ नेपाल,काठमााडौँ ।

कोरोना अर्थात् कोभिड १९ बाट सुरक्षित रहन राजधानीका बिभिन्न सञ्चारगृहमा कार्यरत फोटो पत्रकारहरुलाइ बिभिन्न ब्यक्तिहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधी उत्पादक संघका तर्फबाट महासचिब बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रालि का कार्यकारी निर्देशक हरीभक्त्त शर्मा, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डा. विप्लव सापकोटाले फोटो पत्रकार क्लबलाई स्यानेटाईजर र मास्क उपलब्ध गराएका हुन् ।

ब्यबसायी मलहोत्राले २ हजार थान सर्जिकल मास्क , औषधी उत्पादक संघले २५० मिलीको स्यानेटाईजर ७० थान, देउराली जनता फर्मास्यूटिकल्सले ५० मिलिको स्यानेटाईजर ८५ थान स्यानेटाईजर र १०० थान मास्क, पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत र नर्भिक अस्पतालका डा. विप्लव सापोकाटाले करिब ५०० थान सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।उक्त स्वास्थ्य सामाग्रीहरु ७० जना फोटोपत्रकारहरुलाई बिहीबार नै वितरण गरिएको फोटो पत्रकार क्लबले जनाएको छ ।

एक बिज्ञप्ती जारी गर्दै क्लबले यस्तो जोखिमको घडीमा काम गर्ने फोटो पत्रकारहरुको मनोबल उच्च राख्न र सुरक्षित रही काम गर्नलाई प्रोत्साहन गर्ने सहयोगदाताहरु धन्यवाद दिँदै अन्य सहयोगी संस्था र ब्यक्त्तीहरुलाई पनि सहयोगको लागि अपिल गरेको छ ।