महामारीको सन्त्रासमा रहेका नागरिककसँग साँसद मल्ल

विपन्न समुदायलाई राहत र स्वास्थ्य सामाग्री वितरण गर्दै

0
Shares

राम धामी,डडेल्धुरा ।

एकाविहानै घरमै पुगेर थर्मागनले ज्वरो नाप्न थालेपछि डडेल्धुराको गन्यापधुरा गाँउपालिका–१ भात्काँडा बजारकी ९० बर्षीया बृद्धा मंगलीमाया राईले ओछ्यानबाटै सुदूरपश्चिम प्रदेशका साँसद कर्णबहादुर मल्ललाई आर्शिवाद दिइन । कोरोना भाइरसको महामारीबाट कुनै पनि नेपालीले अकाल मृत्यु भोग्नु नपरोस भन्दै वृद्धा राईले विपदका बेला जनताको घरदैलोमा पुगेर सुखदुःखमा साथ दिएको भन्दै साँसद मल्लप्रति खुसी ब्यक्त गरिन् ।

कोराना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले जारी गरेको लकडाउन अवधी लम्विदै जाँदा साँसद मल्लले समस्यामा परेका विपन्न नागरिकहरुलाई राहात वितरण गरिरहेका छन भने जिल्लास्थित स्वास्थ्य सेवाप्रदायक सरकारी निकायलाई आवश्यक सामाग्री समेत साँसद मल्लले वितरण गरिरहेका छन ।

डडेल्धुराबाट प्रदेश सभामा निर्वाचित साँसद तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति मल्लले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा गरिने बित्तिक्कै डडेल्धुराका सातओटै स्थानीय तहलाई आठ हजार थान चाईनिज मास्क वितरण गरेका थिए ।

कोरोना महामारी रोकथामका लागि सांसद विकास कोषको सबै रकम खर्च गरिनुपर्ने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा राखेका साँसद मल्लले सो प्रस्ताव स्वीकृत हुनसक्ने विश्वास ब्यक्तगर्दै हाल जिल्लाबासीहरुलाई आफुले सक्दो सहयोग गरिरहेको बताए ।
आफैले थर्मागन बोकेर बस्ती बस्तीमा पुग्दै स्थानीयको ज्वरो नापिरहेका साँसद मल्लले बिहीबारमात्रै आठ थान ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) स्वास्थ्य कार्यालय डडेल्धुरालाई हस्तान्त्रण गरेका छन ।

भात्काँडास्थित प्रहरी चौकीमा कार्यरत प्रहरीलाई ग्लोब र मास्क वितरण गरेका उनले जिल्लास्थित सुरक्षा निकायहरुलाई ग्लोब र मास्कसमेत उपलब्ध गराउन नसकिएको प्रति चिन्ता ब्यक्त गरे । “रातदिन महामारी रोकथामका लागि खटिएका सुरक्षाकर्मीलाई मास्क र पञ्जासमेत उपलब्ध हुन सकेको छैन,” उनले भने,“महामारीका बेला खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक सबैलाई आवश्यक सामाग्री उपलब्ध गराउन ब्यक्तिगत रुपमा सक्दो प्रयास गर्नेछु ।”

साँसद मल्लले दुई थान ज्वरो नाप्ने थर्मागन गन्यापधुरा गाँउपालिकालाई हस्तान्त्रण गरेका छन । आवश्यकता अनुसार अन्य स्थानीय तहलाई समेत हाललाई एक÷एक थान र थप चाहिएजति थप थर्माेगन उपलब्ध गराउन सक्ने उनले बताए । साँसद मल्लले विपन्न समुदायका ब्यक्तिहरुलाई राहात र सरकारी निकायहरुलाई स्वास्थ्य सामाग्रीहरु नेपाली काँग्रेस डडेल्धुरा मार्फत हस्तान्रण गरिरहेका छन ।

नेपाली कांग्रेस डडेल्धुराले सूचना जारीगर्दै स्वास्थ्य सुरक्षा सामाग्रीहरु मास्क, पञ्जा, सेनीटाईजर, साबुन, टुथब्रुस नपुगेका तथा पाउन नसकेका जिल्लाबासीहरुलाई नेपाली काँग्रेस डडेल्धुराको कार्यालयका साथै स्थानीय तहमा रहेका पार्टी इकाईहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कोरोना भाइरसको सन्त्रासबाट आम नागरिकले मुक्ती पाउनुका लागि सरकारीस्तरबाट मात्रै सम्भव नभएको बताउदै साँसद मल्लले महामारीसँग मुकाबिला गर्न सबैले सक्दो योगदान पु¥याउनु पर्ने बताए । नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने अडान राख्दै आएका साँसद मल्लले डडेल्धुरा जिल्लाका बिभिन्न मन्दिरहरुमा पुगेर संकल्प पाठ गराउन थालेका छन ।