माछा , मासु र अन्य जनावरको बजार रोक्न सल्लाह

0
Shares

सिडनी,(एजेन्सी)

अष्ट्रेलियाली सरकारले जि – २० समुहका सदस्य राष्ट्रहरुलाई बन्य जन्तु तथा माछा मासुको भिजेको बजार विरुद्ध कारवाही अघि बढाउन विहिवार आब्हान गरेको छ । अष्ट्रेलयाले यस्ते बजार जैविक सुरक्षा तथा मानव स्वास्थका लाथि खतरनाक भएको बताएको छ ।

अझै सम्म अष्ट्रेलियाली सरकारले ताजा खाद्यान्न जस्तै माछा र मासु बेच्ने यस्त बजारहरु माथि प्रतिबन्धै लगाउन आग्रह गरिसकेको छैन , बरु तिनीहरुलाई क्रमशः न्युनिकरण गदै लान सुझाव दिएको छ । तर यस्ता केहि बजारमा अन्य बन्य जन्तुका मासु पनि बेचिने गरिन्छ ।

चीनका ेहुवेइ पन्तको वुहान शहर स्थित यस्तो मासु तथा जिव बजारबाटै कोरोना भाइरस शुरु भएको हुनुपर्ने अनुमान गरिएको छ । त्यहाँ जिउँदै जनावरको पनि अवैध कारेवार हुने गर्दथ्यो ।

वुहानको सो बजारमा स्याल , फ्याउरो , ब्वाँसो , कछुवा र सर्प आदि जनावरहरु पनि बेचिने गरिएको बताइएको छ । जि –२० समुहका कृषि मन्त्रीहरुको यस्ता बजार सम्बन्धमा बैठक बसेपछि अष्ट्रेलियाले यो आब्हान गरेको हो ।