ग्रीनकार्ड सम्बन्धी आदेशपत्रमा ट्रम्पको हस्ताक्षर

0
Shares

वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहि ग्रिन कार्डको अनुमोदन केहि समयका लागि बन्द गराउन एउटा कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गरेका छन् । थुप्रै अपवादहरु सहितका ेयो कदम आगामी ६० दिनका लागि निर्धारण गरिएको भएता पनि समय सिमा लम्बिन सक्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले कोरोना भाइरस महामारीको कारण अर्थतन्त्र तहश नहश भइरहेकोबला अमेरिकी कामदारहरुका रोजगारको रक्षाका लागि यो कदम चालिएको बताएका छन् । समिक्षकहरुले भने उनलाई चुनाबको समय आफुले बनाएका आप्वास सम्बन्धी कडा नीतिहरुलाई महामारीको मौका छोपेर प्रयोग गरेको आरोप लगाएका छन् ।

बुधवार व्हाइट हाउसमा कोरोना भाइरस सम्बन्धी नियमित प्रेस ब्रिफिंगको क्रममा ट्रम्पले भनेका छन् , ‘अर्थतन्त्र पुन खुल्नासाथ जुनसुकै पृष्ठ भुमिका भएपनि अमेरिकी नागरिकहरुलाई रोजगारीको पहिलो प्राथमिकतामा राख्ने उद्देश्यले यो कदम चालिएको हो । ’ यस नीतिले ग्रिन कार्ड होल्डरहरुले आफ्ना परिवारका अन्य सदस्यहरुलाई अमेरिकामा स्थायी वसोवासका लागि स्पोन्स गर्न रोक लागउने भएको छ ।

राष्ट्रपति ट्रम्पले यस्तो स्पोन्सरसिपलाई बसाइ सराइको श्रंखला पनि भ्नने गरेका छन् । तर यो नीति अमेरिकी नागरिकका पति वा पत्नी र २१ वर्ष मुनिका अन्य देशमा रहेका सन्तान माथि भने लागु नहुने बताइएको छ ।यहि आदेषाज्ञा अनुसार प्रत्येक वर्ष पचास हजारको संख्यामा ग्रिन कार्ड जारी गर्ने डाइर्भिर्सटी भिसा लोटरी पनि रोकिएके छ ।

साथै पहिले देखि नै अमेरिकामा वसोवास गर्दै काम गरिआएका तथा अहिले आएर डाक्टर , नर्स वा अन्य स्वास्थ सम्बन्धी सेवामा प्रवेश गर्न चाहने हजारौ ग्रिन कार्ड आवेदकहरु माथि पनि नयाँ नीति लागु नहुने बताइएको छ ।

ंत्यसैगरी एच–१ बि भिसा कार्यक्रम अन्तर्गत खेतमा काम गर्न र दक्ष कामदारका रुपमा हरेक वर्ष अस्थायि भिसाका लागि प्रयास गर्ने हजारौ व्यक्तिलाई पनि छुट दिइने छ । तर अर्को कुरा महामारीका कारण कन्सुलेटहरु बन्द रहेका छन् भने विदेश विभागबाट गर्ने भिसा सम्बन्धी कामकाज पनि हप्तौं देखि रोकिएका छन् ।