खोटाङमा हालसम्म सवैको आरडिटी र पिसिआर दुबै रिपोर्ट ‘नेगेटिभ’

0
Shares

रामधन राई,खोटाङ ।

बैसाख–११, खोटाङमा हालसम्म गरिएको कोरोना भाइरसको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) मा सवैको रिपोर्ट नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टाईन र होम क्वारेन्टाईननमा राखिएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए÷नभएको थाहा पाउनका लागि जिल्लामा बैशाख ३ गतेदेखि सम्वन्धित पालिकामै पुगेर ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । जिल्लाका अधिकांश गाउँपालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले वताउनुभयो ।

वुधबार मात्र साकेला गाउँपालिकाका १५ जनाको आरडीटी गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ पौडेलले जनाउनुभयो । यसअघि, हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जनामा टेष्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, जन्तेढुंगा गाउँपालिकाका २० जना र बराहपोखरी गाउँपालिकाका १ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि १० प्रतिशतको नमूना संकलन गरेर परीक्षणका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलको भनाई छ ।

पाँच जनाको पिसिआर रिपोर्ट पनि ‘नेगेटिभ’

हलेसी तुवाचुङ नगरपालिकाबाट पिसिआर टेष्टका लागि पठाइएको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । आरडिटि टेष्टसँगै पिसिआर टेष्टका लागि पठाइएको पाँच जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले सुनाउनुभयो ।

दुर्छिमस्थित स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएका एक जना, स्वास्थ्य चौकी महादेवस्थानमा बनाइएको क्वारेन्टाईनमा राखिएका एक जना तथा चैत यता विदेशबाट फर्किएका तीन जना सहित पाँच जनाको पिसिआर टेष्टका लागि नमूना संकलन गरेर पठाइएको थियो ।