प्रदेश प्रहरी कार्यालयबाट १२ प्रहरी अधिकृत पुरस्कृत

0
Shares

सञ्जय कार्की,रौतहट ।

प्रदेश प्रहरी कार्यालय जनकपुरले राम्रो काम गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० हेमवहादुर शाही सहित १२ प्रहरी अधिकृत लाई पुरस्कृत गरेको छ । प्रदेश अन्तर्गतका बिभिन्न युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृत लाई पुरस्कृत गरेको हो । उच्च ब्यबसायीक कार्यकुशलता सम्पन्न गरेको भन्दै प्रदेश प्रहरी कार्यालय जनकपुरले अभिलेखमा जनिने गरी १ हजार ४ सय नगद दिएको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायब उपरिक्षक हेम शाहीको चार महिनाको कार्यकालको अबधिमा सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव समुहको रौतहट सेक्रटरी दिर्शना कुमारी शाही र जिल्ला सदस्य दुर्गा बहादुर बल विभिन्न दस्ताबेज सहित पक्राउ गरेको, यस्तै बिप्लव समूहका रौतहट जिल्ला इन्चार्ज कुमार राई र सो समुहका भातृ संगठन नेपाल युवा संघ रौतहटको जिल्ला अध्यक्ष छम बहादुर गुरूङ लाई प्लास्टिक हेण्डग्रिनेट थान १,नलकटुवा पेस्तोल थान १, राउण्ड थान २ तथा विभिन्न दस्तावेज सहित पक्राउ गर्नुको साथै शान्ति सुरक्षामा उल्लेख्य काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले नगद रकम सहित पुरस्कृत गरिएको हो ।

यस्तै प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्का, प्रहरी उपरिक्षक जयराज सापकोटा, महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरिक्षक श्याम कुमार महत्तो, बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पगेनी, महोतरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकी, बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्र, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी, प्रदेश प्रहरी कार्यालय अन्वेषण योजनाका प्रहरी निरिक्षक तिलक बहादुर सुनार सोही कार्यालयका प्रहरी निरिक्षक उमेशमान अमात्य, प्रदेश २ प्रहरी कार्यालय संचार शाखाका प्रहरी निरिक्षक जोत नारायण राय यादव समेत प्रदेश प्रहरी कार्यालय बाट पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरले मातहतका प्रहरी कर्मचारीलाइ समेत हौसल्ला, र उत्पेरणा प्रदान गर्ने उदेश्यले पुरस्कृत गरिदै लैजाने जनाएको छ ।