तिलोत्तमा ब्यापार संगठनद्वारा प्रकोप ब्यवस्थापन कोषलाई ५१ हजार प्रदान

0
Shares

यमलाल भुसाल,बुटवल ।

तिलोत्तमा नगर क्षेत्रका उद्योगी ब्यवसायीको संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनले तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार रुपैयां प्रदान गरेको छ ।

संगठनका अध्यक्ष सत्यब्रत ज्ञवाली, उपाअध्यक्ष प्रेम बहादुर घर्ति मगर, सचिब हेमलाल न्यौपाने, सहसचिब भुपति न्यौपाने सहितको टोलीले बिहीबार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई ५१ हजार रुपैयांको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा नगर प्रमुख घिमिरेले आमाको मुख हेर्ने दिनको अवसर पारेर राहत कोषमा सहयोग गरेकोमा संगठनलाई धन्यवाद दिंदै विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको रोकथामका लागि सरकारको एकल प्रयासले मात्र सम्भव नहुने र सबैको साथ र सहयोगको आवश्यकता औंल्याए ।

कोषमा प्राप्त हुने रकम नगरपालिकाले भरपाई गरेर लिने र सबैको राय सुझाव लिएर कोषमा जम्मा भएको रकमको सही सदुपयोग गर्ने नगरप्रमुख घिमिरेले बताउनु भयो ।