स्टार स्पोर्ट्स क्लब सैनामैना ७ द्वारा ४५ युनिट रगत संकलन

0
Shares

न्युज अफ नेपाल,बुटवल । 

रुपन्देहीको सैनामैनामा रहेको स्टार स्पोर्ट्स क्लब सैनामैना ७ लम्टियाले सामाजिक कार्य गरेको छ । विश्वभर कोरोना महामारीका रुपमा फैलिरहेको र सोका कारण रगत अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरको क्लवका अध्यक्ष खेमराज पोखरेलले बताउनु भयो ।

कृष्ण ज्ञवालीको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ५ का महासचिव कृष्ण पगेनी सामाजिक अभियान्ता लेखनाथ भण्डारी लगाएतले सहजिकरण गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा २३ जना नयाँ रक्तदाताले रक्तदान गरेको पनि संयोजक ज्ञवालीले बताउनु भयो । पहिलो पटक रक्त दान गर्नेहरुले आफुहरुलाई क्वले रक्तदानको महत्वका वारेमा जानकारी गराएपछि उत्साहित भएको बताएका थिए ।