ट्रम्पद्धारा किमको स्वास्थ्य लाभको कामना

0
Shares

वासिङटन डिसी।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । स्थानीय समयानुसार मंगलबार उहाँले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उहाँको पूर्ण स्थास्थ्य लाभको कामना गर्नुभएको हो ।

‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भन्नु भएको छ ।

दैनिक एक कार्यक्रममा मङंगलबार उहाँले किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै गएको पनि स्मरण गर्नुभएको छ । अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि उहाँले यस्तो बताउनु भएको हो ।

नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित हुनुभएको थियो । उहाँ त्योभन्दा चार दिन अगाडी एउटा सरकारी बैठकमा भने देखिनु भएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् ।
योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् ।

उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होईन, एक सरकारी उच्च अधिकारीले भने । अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गर्नुभयो । उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले बेला बेलामा सूचताप्रतिको अन्यौलता सृजना हुने गर्दछ ।