डा. सशांक कोईरालाद्वारा स्वास्थ्य सामाग्री प्रदान

0
Shares

न्युज अफ नेपाल,नवलपरासी ।

नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद डां सशांक कोईरालाले पूर्वी नवलपरासीमा बुधवार स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । विश्वब्यापी महामारी कोरोना संक्रमण नियन्त्रण गर्न डा. कोईरालाले जिल्ला स्थित स्थानीय निकायहरुलाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको उहांका निजी सचिव भरत तिवारीले बताउनु भयो ।

डा.कोईराला द्धारा प्रदान गरिएका स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क ७५ थान, पीपीई ६० थान, पन्जा ५ सय सेट, सर्जिकल मास्क २ हजार ७ सय थान र सेनिटाईजर ८० लिटर रहेको छ ।

ति स्वास्थ्य सामाग्री नेपाली कांगे्रस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभासद विष्णु लामिछानेले पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेलाई बुझाउनु भएको हो ।

प्रजिअ घिमिरेले स्वास्थ्य सामाग्री बुझ्दै डा.कोईरालाले प्रदान गर्नु भएका स्वास्थ्य सामाग्रीले जिल्लामा महामारी नियन्त्रणमा सघाउ पुग्ने बताउनु भयो ।
प्रा.डा.सशांक कोईराला पूर्वी नवलपरासीको संघीय निर्वाचन क्षेत्र नंम्वर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।