लकडाउनमा सरकारी गाडीको दुरुपयोग, रुस्लान र स्प्राइट खाएर फरार

0
Shares

विजय नेपाली,पोखरा।

पोखरामा सरकारी गाडीको दुरुपयोग भएको छ । पोखरा बगरमा रहेको एक गाई फार्ममा स्प्राइट र रुस्लान खाएर फरार भएको छ । बा २ झ २४८७ नम्बरको सरकारी गाडी उक्त फार्ममा आएर रवाना भएको हो ।

उक्त गाडीलाई रोकि जानकारी लिन खोज्दा भने तिव्र गतिमा नरोकि अगाडी बढेको थियो । सोहि स्थानमा बसेर मादक पदार्थ सेवन गरेका अर्का एक व्यक्तिले भने लक डाउनको समयमा सवारी इपास लिएको देखाउँदैै आफुले दुरुपयोग नगरेको बताए ।

उक्त गाडी कुन संस्थाको हो त्यो भने खेलेको छैन । सो गाडीमा २ जना रहेका थिए उनीहरुलाई रोक्ने प्रयास गरेपनि भागेको थिए ।