दीर्घ रोगीहरूका लागि घर-घरमा नि:शुल्क औषधि

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले दीर्ध रोगि हरूका लागि घर( घरमा निशुल्क औषधि वितरण गर्ने भएको छ। गाउँपालिकाले चरण अन्तरगत पालिका भित्रका घरहरूमा नियमित प्रयोग गर्ने औषधिहरूको तथ्यांक लिई सवै वडाहरूमा औषधि पठाउने व्यवस्था मिलाईसकेको र वडाका जनप्रतिनिधि,स्वयंसेवक,स्वास्थ्यकर्मीबाट सवैका घरमा पुर्याउने गोसाईकुन्ड गाउँपालिकाले जनाएको छ ।

नियमित औषधि सेवन गर्नेहरूमा गोसाईकुन्ड गाउँपालिकाको छ वटा वडाका स्थानियवासी,निजामती कर्मचारी लगाएत नेपाली सेना, सशस्त्र प्रहरी,जनपद प्रहरीका समेत कर्मचारी गरी करिव चार सय को सङ्ख्या मा रहेका छन्।।उनीहरूले नियमित औषधि सेवन गर्ने गरेका छन्। भने प्राय जसो उच्च रक्तचाप,मधुमेह,दम,लगाएतका विरामी रहेको पाईएको छ ।