बडिमालिका नगरपालिकाद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री बितरण

0
Shares

दयाराम पण्डित,बाजुरा ।

विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ बाट बच्न भन्दै बडीमालिका नगरपालिकाले जिल्लामा कार्यरत ३१ जना पत्रकारलाई केही स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ । आज (बुधबार ) दिउँसो पत्रकार संगठन तथा महासंघका प्रतिनीधिलाई नगर प्रमुखको कार्यकक्षमै बोलाएर उक्त सामग्री हस्तान्तरण गरेको हो ।

नगर प्रमुख बदम बडुवाल मार्फत वितरण गरिएको सुरक्षा समाग्रीहरु प्रति ब्यक्ति पाँच ÷पाँच वटा मास्क दुुई÷ दुई चक्की साबुन र एक ÷एक बोतल सेनिटाईजर बाँडेका हुन् । कोरना भाईरसको महामारीमा स्वास्थ्यकर्मी सुरक्षकर्मी जस्तै पत्रकार पनि अग्रमोर्चामा रहेर काम गर्नु पर्ने “ पत्रकार ” सुरक्षाको अबस्थालाई मध्यनजर गर्दै उक्त सामाग्री वितरण गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताउनुु भयमे ।

“ जिल्लाका सुचना प्रवाह गर्दा आमसञ्चार माध्यामवाट बढी सूचना प्राप्त गरेको र सुचनाकै आधारमा आफुले कोरोना सँक्रमितवाट बच्न विभिन्न उपाय अवलम्वन गरेका छौं । हामी घरभित्रै बसेर सुचना प्राप्त गर्छौ पत्रकार फिल्डमा हुनसक्छन् । तपाइँहरुको सबैखाले ब्यक्तीसंग सम्पर्क हुन्छ । त्यसैले पहिले आफु शुरक्षित हुने र त्यसपछि सुचना प्रबाहका लागि प्रयत्न गर्नुहोस् । जिल्लाका सबै पत्रकारलाई अनुरोध गर्दछु । ” नगरप्रमुख पदम बडुवालले भन्नुभयो ।

“ अहोरात्र खटिएर सुचना प्रबाह गर्ने पत्रकारको बिहान बेलुकी हातमुख जोड्न समस्या हुनसक्छ। यो वेला थोरै भएपनि दाल, चामल, नुन तेल सम्म पत्रकारलाई राहात बांड्ने योजना गरेका छौं । यसकालागि पत्रकार महांसँघ बाजुरा शाखालाई अनुरोध गरेका छौं । क्रियाशील पत्रकारको नाम लिष्ट उपलब्ध भएमा केही दिन भित्र उक्त राहात सामाग्री पनि वितरण गर्ने योजना छ । ” बडीमालिका नगर उप प्रमुख कबिता विष्टले जानकारी दिनुुभयो ।

बाजुराका चार ओटा एफएम रेडियो, चार वटा अनलाईन , दुुईवटा पत्रिका र दर्जर्नौ राष्ट्रीय तथा प्रादेशिक स्तरका आम सञ्चार माध्यममा कार्यरत पत्रकारबाट कोरोना नियन्त्रण सम्बन्धित बाजुरा विशेष समाचार कभरेज भएका छन् । पत्रकारले कपडाका मास्क लगाएर सेनिटाइजर विना रिर्पोटिंगमा जानुपर्ने अवस्था थियो ।

पत्रकारहरु अहोरात्र खटिएर आम सञ्चारको माध्यमबाट सुचना प्रबाह गरेका छौं । पत्रकारका पिडा थाहपाएर सर्जिकाल माक्स लगायत सेनिटाईजरलगायतका केही सामाग्री बडीमालिका नगरपालिकाले उपलब्ध गराएकोले स्वागत योग्य कार्य भएको नेपाल पत्रकार महांसँघ बाजुरा शाखाका अध्यक्ष प्रकाश शिंहले बताउनुभयो । यस स्रहानीय कार्यले पत्रकारको मनोवल बढ्नाका साथै आबस्यक स्वास्थ्य सुरक्षामा थप सहयोग भएको अध्यक्ष सिंहको बुुझाई छ ।