बुबा बितेको ४ दिनमा नेपाल प्रवेश गरे किरियापुत्रीले

0
Shares

विनोद सिंह विष्ट,बैतडी ।

लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका ३ जना किरियापुत्रीले बुवा बितेका ४ दिनपछी बुधवार बेलुका नेपाल प्रवेश गर्नुभएकोे छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ का प्रेम धामी,अम्मर धामी र राम धामीले बुुवा बितेको ४ दिनपछि नेपाल प्रवेश गर्न पाउनुुभएको हो ।

नेपाल प्रवेश गरेका किरियापुत्रीका बुवा उजले धामीको आइतवार मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काईएको हो । नेपाल फर्काईएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ ।

उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताउनुुभयो । भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदुर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसीरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिनुभयो । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका– १का बासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किनुुभएको थियो ।