बारामा निगरानी समिती मार्फत खबर आउने

0
Shares

न्युज अफ नेपाल, बारा ।

बैशाख १० गते कोरोना भाईरस नियन्त्रणको लागि नेपाल सरकारले अवलम्बन गरेको लक डाउन अवधी एक महिना पुरा भएको छ । यसै अबधीमा बारा जिल्लामा लक डाउन कार्यान्वयनको लागि जिल्ला स्थित सबै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल निकै सकृयाताकासाथ लागिरहेको पाईएको छ ।

नेपाल प्रहरी बिशेष गरी अपराध अनुसन्धान, लक डाउन कार्यान्वयन तथा कालो बजारी नियन्त्रणमा सकृय भैइरहेको छ भने सशस्त्र प्रहरी बल भने बिशेष गरी सिमा क्षेत्रमा तैनाथीका अलाबा लक डाउन कार्यन्वयन र शान्ती सुरक्षा कायम गर्न सकृय भएर लागेको पाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल न. १२ गणले बारा जिल्लाको सिमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाउदै जिल्लामा रहेको सम्पूर्ण सशस्त्र प्रहरी जनशक्ती कोभिड ( १९ नियन्त्रणको लागि सिमा तथा सोही बमोजिम आबश्यक क्षेत्रमा पारिचालन गरिएको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए । सीमा क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुसँग समन्वय गरी निगरानी समिती मार्फत कार्य अगाडि बढाईएको छ ।

सामान्य अवस्थामा रहने जनशक्ती भन्दा तीन गुणा बढी सन्ख्यामा हाल सिमा क्षेत्रमा सशस्त्र प्रहरिको जनशक्ती पारिचालन गरी कार्य गरिएको गणका गणपती सुबेदीले बताए । “सिमामा हाल हरेक चार सय मिटर देखी छ सय मिटरमा सशस्त्र प्रहरी खटिएको छ ।

आवत जावत रोक्नु नै खटिने सशस्त्र प्रहरिको प्रमुख दायित्व हो ।” सुबेदीले बताए । सिमामा जम्मा ७ वटा बिओपी मार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरि बल बाराले थप १७ वटा पोस्ट निर्माण गरी फौजको परिचालन तिब्र बनाएको छ । सुबेदीका अनुसार ६० किलोमिटर सिमा रहेको बारा जिल्लाको सिमा दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरिको उपस्थिती रहेको छ ।

सशस्त्र प्रहरी बलले स्थाइ रुपमा डिउटी, सबारी साधनबाट मोबाईल गस्ती तथा पैदल एब साइकल गस्ती समेत गर्ने गरेको छ । जिल्लाको सिमा जोडीएका जम्मा बिस वार्डहरुमा सिमा समन्वय तथा निगरानी समिती गठन गरिएको हुनाले सोही स्थानिय निगरानी समिती मार्फत नयाँ ब्यक्तिहरु गाउ तथा सिमानाकामा कोही देखिएको खन्डमा खबर आउने गरेको समेत गणपती सुबेदिले बताए ।

sहाल सम्म दश जना ब्यक्तिहरुलाई भारत बाट नेपाल प्रबेश गर्न र एक सय पाचजनालाई नेपालबाट भारत प्रबेश गर्न रोक लगाएको गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए । दसजना मध्य तीन जना नेपाली भएको समेत सुबेदिले बताए ।

जिल्लामा सबै भन्दा पहिले हेल्थ डेस्क सन्चालन गरेको सशस्त्र प्रहरी बल बाराबाट सत्चालिस हजार भन्दा बढी ब्यक्तिहरुले सेवा लिएको जनाइएको छ । बैशाख नौ गते सम्म सशस्त्र प्रहरी बलले लक डाउन अवधिमा तीन सय पचास भन्दा बढी सवारी साधन नियन्त्रणमा लियी सम्बन्धित निकायलाई बुझाएको समेत गणपती सुबेदिले जनाए ।