नभएको पद भन्दै बैठकमा जादै

0
Shares

न्युज अफ नेपाल,कठमाडौं ।

मेडिकल सामाग्री सप्लाई काण्डमा विवादित हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले आफु हिसानको कार्यबाहक अध्यक्ष भन्दै विभिन्न बैठकमा सहभागि हुने गरेको खुलेको छ । कोरोना सम्बन्धि उच्च स्तरीय समितिमा निजी विद्यालयको सञ्चालकको हैसियतले सबैको सहमति लिएर चैत महिनाको शुल्क फिर्ता लिने निर्णय गरेपछि विवादमा तानिएका शर्माले फेरी अर्को झेल गरेको खुलेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज आयोजना गरेको परीक्षा सम्बन्धि छलफल कार्यक्रममा शर्मा हिसानको कार्यबाहक अध्यक्षको हैसियतमा उपस्थित भएका थिए ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले हिसानको कार्यबाहकको हैसियतमा शर्मालाई आमन्त्रण गरेको जानकारी गराउनुभयो । तर हिसानका अध्यक्ष रमेश सिलवालले हिसानमा आफअध्यक्ष हुदाहुदै बोर्डले वरिष्ठ उपाध्यक्ष शर्मालाई बोलाएकोमा आपत्ती जनाउनुभयो ।

उहाले भन्नुभयो–बोर्डले बोलाएको औपचारिक बैठकमा हिसानलाई निम्तो गर्नुपर्ने बताउनुभयो । हिसानले अहिलेसम्म कसैलाईपनि कार्यबाहक अध्यक्षको जिम्मेवारी नदिएको उहाकोे भनाई छ । तर शर्माले शिक्षा मन्त्रालय, बोर्ड लगायतका निकायमा हिसानले आफुलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै हिडेको स्रोतको भनाई छ ।

हिसानका महासचिव लोकबहादुर भण्डारीले बोर्डले छलफल गर्न बोलाउदा हिसानलाई पत्र पठाउनुपर्ने जिकीर गर्नुभयो ।उहाले भन्नुभयो–आजको बैठकको विषयमा हामीलाई जानकारी छैन, हामीले कोही प्रतिनिधि नै पठाएका छैनौ । हिसानले कुनैपनि पदाधिकारीलाई कार्यबाहक अध्यक्षको हैसियत प्रदान नगरेको स्पष्ट पारेको थियो । बोर्डका अध्यक्ष प्राडा पौडेलले शर्माले आफु कार्यबाहक अध्यक्ष भएको जानकारी गराएपछि बैठकमा बोलाएको बताउनुभयो ।