म्यान्मारमा डब्ल्युएचओका ड्राइभर मारिए

0
Shares

याँगुन,( एजेन्सी )

म्यान्मारको द्वन्द्वग्रस्त क्षेत्रमा कोभिड १९ परिक्षण नमूना संकलन गर्ने क्रममा विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) का एकजना ड्राइभरको हत्या भएको छ । रखाइन राज्यमा संयुत्त, राष्ट्र संघको सवारी साधन चलाएर जाँदै गर्दा प्याय सोने विन माउँग नामक उनको गोली लागेर मृतयु भएको स्थानिय संचार माध्यमले जनाएको छ ।

संयुक्त राष्ट्र संघले पछिल्ला केहि साता भित्र सरकारी सेना र शसस्त्र जाितय समुह आराकान आर्मीबिच भिडन्त हुादा दर्जनौं सर्वसाधारणको ज्यान गएको जनाएको छ । सोमवार भएको ड्राइभरको यस हत्याका लागि दुवै पक्षले एक अर्कालाई दोषरोपण गरेका छन् ।

म्यान्मारका सैनिक प्रवक्ता मेजर जनरल तुन तुन न्यीले अन्तर्राष्ट्रिय संचार माध्यमलाई भनेका छन् , ‘ हाम्रो फौजले संयुक्त राष्ट्रसंघको सवारी साधनमा आक्रमण गुर्नको कुनै कारणै छैन । तिनीहरुले हाम्रो देशका लागि काम गरिहेका छन् । तिनीहर प्रति हाम्रो जिम्मेवारी रहेको छ । ’

म्यान्मार स्थित संयुक्त राष्ट्र संघको कार्यालयले मिनव्या शहर नजिकको सैनिक जाँचचौकी नजिकै २८ वर्षिय ड्राइभरको हत्या भएकोमा गहिरो समवेदना प्रकट गरेको छ ।

बौद्ध सम्प्रदायका आराकन आमी समुहले विगत दुइ वर्ष देखि स्वायत्त शासनको माग गर्दै संघर्ष शुरु गरेको थियो । हालै यसले लागु गरेको एक महिने युद्ध विराम सरकारले अस्विकार गरेको थियो । म्यान्मारमा कोरोना भाइरसको कारण चारजनाको ज्यान गइसकेको छ भने असी जना भन्दा बढि संक्रमित भेटिएका छन् ।