इरानको पहिलो सैनिक भूउपग्रह प्रक्षेपित

0
Shares

तेहरान,(एजेन्सी)

इरानको रिभुलुश्नरी गार्डसले खाडी क्षेत्रमा अमेरिकी फौजसंग तनाव चलिरहेको वर्तमान परिस्थितीमा बुधवार मुलुककै पहिलो सैनिक भूउपग्रहको सफल प्रक्षेपण गरिएको घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले स्लामिक गणतन्त्र इरानको भूउपग्रह कार्यक्रम क्षेप्यास्त्र विकास कार्य लुकाउने बहाना मात्र भएको आरोप लगाउने गरेको छ ।

जबकी इरानले पहिले देखि नै आफ्नो हवाइ अन्तरिक्ष क्रियाकलापहरुले अन्तर्राष्ट्रिय मूल्य मान्यताहरको पालना गर्दै आएको बताउँदै आएको छ । गत साता अमेरिकी प्रतिरक्षा विभागले गल्फमा तैनाथ आफ्ना जहाजहरुलाई इरानले अप्रिय व्यवहार गर्ने गरेको आरोप लगाएपछि यि दुई मुलुकबिचको सम्बन्ध अझै चिसिन पुगेको हो ।

नूर नामक उक्त भूउपग्रह इरानको मध्य भागमा रहेको विशाल मरुभुमि मार्काजीबाट दुइ चरणको लन्चर कास्सेदबाट प्रक्षेपण गरिएको गार्डसको वेव साइटमा जनाइएको छ । यसले पृथ्वीको कक्षमा ४ सय २५ किमि दूरी तय गरेको बताइएको छ ।