सुभेन्द्र दास सिरहा ।
विश्वब्ययापी रुपमा बढ्दै गईरहेको कोरोना भाईरसको सक्रमणको रोकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा लडिरहेका छन । सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकोले नेपाली सुरक्षाकर्मीहरु २४ औ घण्टा सिमामा डिउटि खटिरहेका छन । नेपाल सरकारले गरेको लकडाउनले गर्दा देशको अवस्था तहसनहस भएको छ ।
आर्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेको छ । बिगत २६ दिनदेखि यहाका सुरक्षाकर्मी हरुले कहाको भोक कहाको निद्रा हामिलाई थाहै छैन भनिरहेका छन। चाउचाउ र बिस्कुट खाजाकोरुपमा तेसमाथि तातो पानी खाएर बाचिरहेका छन । आफुहरुलाई देशले दिएको जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ आफुहरुले निद्रा र भोकको खासै महशुस गरेका छैनौ एक सुरक्षाकर्मीले आफ्नो पीडा सुनाउदै भन्नु भयो ।
१८ घण्टा सम्म राज्यले दिएको जिम्मेवारी मा कालो बुट, पोसाक र हतियारका साथ डिउटि गरिरहेको बताए । बुट र पोसाक लगाईसकेपछि १८ घण्टापछि मात्र फुकाल्छौ अनि ६ घण्टामा नुहाउने खाने र कतिको आराम गर्ने थाहा भएन। सिमामा पाल र टेन्ट तानेर दिनभरि चर्को घामले कलकल पसिना आउने र रातमा अनध्यारोको समयमा लामखुट्टेको टोकाईले जीवन नै मृत्युसँग बाजि राखि सिमाको सुरक्षामा खटिरहेको पीडा कति भनौ उनले भने तर पनि हामीलाई राज्यले दिएको जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए ।
हाम्रो जिम्मेवारी देशको रक्षा गर्ने भएकोले हामिले भोकभोकै भएपनि देश र जनताको रक्षा गर्ने प्रतिबद्ध छौ। अहिले सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। सिरहाको भगवानपुर गाउपालिकाको बलान खोला देखि सिरहा नगरपालिका कमला खोलासम्म ४७ किलोमिटर दुरिमा लगभग ५ सय ५० सुरक्षाकर्मी तैनाथ रहेका छन ।
उता स्थानीय जनताले रोगबाट हामिलाई बचाउन घरभित्र कोचेर आफु खुलामैदानमा कोरानाभाईरससँग लड्दै गरेको सुरक्षाकर्मीहरुलाई सलाम छ भनिरहेका छन । सुरक्षाकर्मीहरुको यो काम देखेर तपाईहरुको आयुको शुभकामना समेत ब्यक्त गरिरहेका छन । अवस्य एक दिन यो समयसँग जित हुनेछ भनी पशुपतिनाथसँग प्रार्थना समेत गरिरहेका छन ।











प्रतिक्रिया