काेराेनाविरूद्ध एकजुट भई अघि बढ्दै एनआरएनए


दिपेन्द्र गजुरेल, स्पेन ।

स्पेनस्थित विभिन्न नेपाली संघ संस्थाहरूलाई एकताबद्व बनाउन भन्दै उपाध्यक्षहरूले एनआरएनए भित्र सामुहिक दबाव श्रृजना गरेका थिए । सोमबार साझँ बसेको आपतकालिन बैठक पश्चात संघले स्पेनभर रहेका विभिन्न संघ संस्थाका नेतृत्वहरू संग परामर्श गर्दै मिलेर राहत वितरण गर्ने नयाँ सहमति भएको बैकठमा सहभागि एकले बताए ।

 

कोरोना भाइरस (कोभिन१९) बाट प्रभावित नेपालीहरूको स्वास्थ्य लाभ गर्दै नेपाली समुदायहरूलाई स्पेनको भाषा अनुबाद गरेर विक्षप्ति मार्फत सुचना प्रवाह गर्दै राहत कार्यक्रम पनि सार्वजानिक गरेको थियो । एनआरएनए स्पेनले प्रविधिक कारणबस तोकिएकै मितिमा राहत वितरण गर्न नसकेपनि क्षेत्रिय समितिहरू म्याड्रिड,पाइस्भास्को र ग्रान क्यानरियाले अप्रिल १ देखि नै समस्यामा परेका नेपालीहरूलाई राहत वितरण गरेका थिए ।

 

नेपाली संघ संस्थाहरूलाई हात्तेमालो गर्दै संक्रमणकालिन विप्पतको बेला सबै हात एकै साथ भन्ने योजना अनुसार अघि बढ्नका लागि दबाव गैरआवाशिय नेपाली संघ स्पेनभित्र ४ उपाध्यक्ष सहित ११ जनाले दवाब दिँदै आपत्कालिन बैठक बोलाउन सफल भएका थिए । गैरआवाशिथ नेपाली संघ सबैको साझा गैरराजनितिक संस्था भएकोले सबैलाई समेटेर जानुको अर्को विकल्प नभएको भन्दै एउटा समुह बनाएर अघि बढेको संघका उपाध्यक्ष उत्तर कुमार राईले बताए ।

उपाध्यक्ष राई भन्छन् ‘विश्वभर फैलिएको कोरोना भाईरस को माहामारीमा प्रवासमा बसेर भएपनि नेपालीका लागि नेपाली हामी एक होऔ भन्ने संन्देश दिनका लागि पनि एक कदम अघि बढेर संस्थाको नारा र नामलाई उच्च राख्न स्वतन्त्र रूपमा हामी एकजुट भएको र सबै संस्थाहरूलाई जोड्न सफल भएको दावी समेत गरेका छन् ‘।

 

संघले मंगलबार स्पेनमा रहेका विभिन्न राजनिति तथा सामाजिक संग संस्थाहरू संग समन्वय गर्न समेत सफल भएको छ । (कोभिन१९) बाट स्पेन पनि पुर्ण रूपमा प्रभावित देश मध्यको एक हो । स्पेनमा भएका विभिन्न संघ संस्था तथा राजनिति खेमामा रहेर राहत वितरण गर्ने चर्चा चलिरहेको अवस्थामा संस्थाहरूलाई गोलबद्व बनाउन दवाब दिएर एकद्वार प्रणालीबाट राहत वितरण गर्न दवाब टोली सफल भएको छ ।

 

यसैगरी एनआरएनए स्पेनका उपाध्यक्षहरूको दवाब टोलीहरूको नाम जोडेर एक अनलाईन समाचार पोटलमा राजिनामा दिन लागेको भन्ने निराधार हल्ला मात्र भएको त्यस्ता हल्लाको पछि नलाग्न सम्पुर्ण स्पेनबासी मतदातालाई केन्द्रमा क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रिय उपाध्यक्ष तुलसी गुरूङ्गले बताए । उपाध्यक्ष गुरूङ्गले भने’पत्रकारिता मर्यादित पेशालाई अहिलेको संक्रमणकालिन अवस्थामा मनगणन्ते कुराहरू देखिनु दुखद् भएको र त्यसमा हामी सबै ११ जनाको टोलीको आप्पति रहेको अब उप्रान्त हावादारी नलेख्न सचेत समेत गराएको उनको भनाई छ ।

 

सबैले संक्रमणकालको अवस्थालाई हात्तेमालो गरेर कोराना भाइरसलाई परास्त गर्नुपर्ने समयमा संञ्जारकर्मि संवेनशिल बनिदिन एनआरएनए स्पेनका महासचिव उमराज ढकाल (राज) ले विशेष अनुरोध समेत गरेका थिए । सबैलाई समेटेर एक द्वार प्रणालीबाट राहत वितरण गर्न एनआरएनए स्पेनले कोभिन १९ आपत्कालिन राहत समिति संयोजक संघका अध्यक्ष दिनेश गुरूङ्ग रहने गरी नयाँ समिति चयन भएको छ ।

 

उक्त समितिमा परामर्श समितिको संयोजक भिषम कुमार गुरूङ्ग (अनिल) ब्यवस्थापन समिति संयोजक अर्जुन आचार्य, राहत वितरण समितिको संयोजकमा एक जना जनसम्पर्क समातिको तर्फबाट पछि नाम पठाउने गरी समिति बनाईएको छ । यसैगरी आर्थिक समितिको संयोजक गोविन्द तिमिल्सिना संघका कोषाध्यक्ष रहनेगरी बनाइएको छ ।

 

राहतका लागि यातायात ब्यवस्थापनका लागि दुर्गा प्रसाद घिमिरे (लेकाली) सदस्यमा हेमन्त रानाभाट रहेको एनआरएनए स्पेनले जनाएको छ । कोरोना भाईरसबाट स्पेनमा संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ जना संक्रमित रहेका छन् । मृत्यु हुनेको संख्या २१ हजार २ सय ८२ जनाको मृत्यु भैईसकेको छ भने ८२ हजार ५ सय १४ जना उपचार पश्चात स्वास्थ्य लाभ गर्दै घर फर्किएका छन् ।

 

भाईरस संग जिवन र मृत्यु संग लडिरहेका ७ हजार ७ सय ५ जना रहेको छन् । स्पेनमा रहेका सबै नेपालीहरूको अवस्था सामान्य रहेको नेपाली राजदुताबासले जनाएको छ ।