न्यूज अफ नेपाल, काठमाडौ ।
कोरोना संक्रमण नेपालको उदयपुर, वीरगंज, वाग्लुङ लगायतका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ललितपुरस्थित प्रारम्भ सामाजिक संस्थाको सहयोगमा दैलेखी सेवा समाज काठमाडौँ र मनघरी फाउन्डेशन नेपालको अगुवाइमा दैलेख जिल्लामा दोस्रो चरणका स्वास्थ्य सामग्री पठाउने कार्य भएको छ ।
पहिलो चरणमा प्रारम्भले ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान पन्जा र १० बोतल सेनिटाइजर पठाएको थियो । प्रारम्भ र आनी छोइंग डोल्मा फाउन्डेशनको सहयोगमा दैलेखका ११ वटा स्थानीय तहका लागि दुई–दुई थान पीपीई सेट, सेनिटाइजनर, ग्लोब्स र मास्क (२२ थान) उपलब्ध गराईएको जनाएको छ । प्रारम्भका अध्यक्ष कल्पना छेत्री, आनी छोइंग डोल्मा फाउन्डेशनका अध्यक्ष आनी छोइंग डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दैलेखबाट निर्वाचित सांसद रविन्द्र राज शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सांसद शर्माले स्वास्थ्य सामग्रीहरू सम्बन्धित निकायमा तत्कालै पठाउने बताउनुभयो । उहाँले अन्य सामग्रीहरु पनि पठाउनका लागि पहल गरिरहेको बताउनुभयो ।
सामग्री प्रदान गर्दै गायिका आनी छोइंग डोल्माले यस्तो अवस्थामा हातमाहात मिलाउन आफूहरु अगाडि बढिरहेको बताउदै भन्नुभयो— ‘हाम्रो सहयोग हेर्दा सानो होला तर संख्यामा भन्दा आत्मबल बढाउन तथा हामी पनि तपाईहरुसँगै छौँ भन्ने सन्देश दिन यो एकता सबैभन्दा ठूलो हो ।’
मित्र राष्ट भारतमा रोजागरीको लागि हजारौंको संख्यामा दैलेखबाट समेत जाने गर्दछन । कोरानको प्रभाव भए लगत्तै सयौँको संख्यामा उनीहरु आफ्नो गाँउ फर्किसकेका छन् । तर स्वास्थ्य केन्द्रमा उचित सामग्री नहुँदा समस्या भएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताउनुभयो । समयलाई मनन गरि प्रारम्भले सहयोगको प्रारम्भ गरेको हो ।
भगवती
२०७७।१।१०











प्रतिक्रिया