७८ वर्षीय बृद्धमा आरडीटी पोजिटिभ

0
Shares

घनश्याम बगाले ,नवलपरासी।

पश्चिम नवलपरासीको बर्दघाटका एक बृद्धमा मंगलबार आरडीटी परीक्षण पोजिटिभ देखिएको छ । स्थानीय चिसापानी अस्पतालमा दोहोरायर आरडीटी गर्दा पोजेटिभ नै देखिए पछि ७८ वर्षीय ति बृद्धलाई जिल्ला अस्पताल लगिएको स्वास्थ्य प्रमुख गौरव ढकालले बताउनु भयो ।

बृद्धलाई अहिले पृथ्वी चन्द्र अस्पताल परासीमा राखेर नमूना स्वाव परीक्षणका लागि भैरहवा पठाईको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।
संकलित स्वावको परीक्षण नतिजासंगै बृद्धलाई आईसोलेसमा राख्ने की क्वारेन्टाईनमा पठाउने एकिन हुने जिल्ला अस्पतालका प्रमुख नुरुल होदाले बताउनु भयो ।

बृद्धका घर परिवारका अन्य सदस्यको आरडीटी परीक्षण भने नेगेटिभ रहेको छ । संक्रामक कोभिड १९ पत्ता लगाउन जिल्लामा गरिएका विभिन्न टेस्ट मध्ये आरडीटी पोजेटिभ देखिएको यो पहिलो घटना हो । परीक्षणमा आरडीटी पोजिटिभ देखिए पनि स्वावको पीसीआर रिपोर्टले मात्र कोभिड संक्रमण भए नभएको एकिन हुने विज्ञहरु बताउछन् ।

जिल्लामा हाल सम्म १ सय ३१ जनाको आरडीटी भएकोमा सवैको नतिजा नेगेटिभ रहेको छ ।कोरोनाको शंकास्पद बिरामिहरुलाई र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने गरिन्छ ।

सोही अनुरुप त्यी विृद्धमा एन्डीबडि देखिएपछि नमूनाको पिसिआर परिक्षणका लागि प्रदेश पाँचले भैरहवामा स्थापना गरेको ल्याबमा पठाईएको पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्रट मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

पृथ्वी चन्द्र अस्पताल परासीका चिकित्सकले त्यी वृद्धको नमुना संकलन गरेर जाँचका लागी पठाएका हुन् । उनको नमुना परिक्षणको रिपोर्ट के आउछ त्यसैको आधारमा उनलाई आईसोलेसनमा पठाउने वा क्वारेन्टाईनमा राख्ने टुङ्गो लाग्ने छ ।

पश्चिम नवलपरासीमा र्यापिड टेष्टमा पोजेटिभ देखिएको यो पहिलो घटना हो । त्यी वृद्धका परिवारका सबै सदस्यको भने र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । चिसापानी सामुदायिक अस्पतालमा त्यी वृद्ध व्यक्तिको आरडिटि परिक्षण भएको हो, त्यसपछि नमुना संकलनका लागी परासी ल्याईएको थियो ।

बर्दघाटमै उनको दुई पटक र्यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले पुष्टि गर्नुभयो । उनी हाल पृथ्वी चन्द्र अस्पताल परासीमै छन् तर र्यापिड टेष्टले मात्रै कोरोना संक्रमण भएको पुष्टि भने हुँदैन् ।