दीर्घ रोगीहरुको लागि एक महिनाको औषधि नि:शुल्क वितरण गर्दै गाउँपालिका

0
Shares

भूपराज बस्याल,स्याङ्जा।

स्याङ्जा जिल्लाको पश्चिम भेगमा रहेको कालीगण्डकी गाउँपालिकाले छ महिनाको लागि गाउँपालिका वासीहरुको लागि पुग्ने खाद्यान्न रहेको जनाएको छ ।
नेपाल समाचारपत्रसंग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष खिम थापाले गाउँमै उत्पादित खाद्य सामग्रीहरु बाहिर जान नदिएको हुँदा बाहिर बाट आएको र पालिकामै उत्पादित खाद्यबस्तुले कम्तीमा पनि छ महिनासम्मको लागि खाद्यको अभाव नहुने उहाँले बताउनुभयो ।

पालिकाले राहत वितरण गर्दा समेत गाउमै उत्पादित खाद्य बस्तुलाई प्राथमिकता दिएको बताउदै थापाले अहिले गहुँको सिजन भएको हुँदा गहुँको बेच्न चाहने कृषिबाट पालिकाले खरिद गरेर त्यही राहत स्वरुप वितरण गर्ने पनि पालिकाले योजना बनाएको अध्यक्ष थापाले बताउनुभयो । पालिका भित्र रहेका ९० प्रतिशत मजदुरहरुलाई पालिकाको समन्वय आ आफ्नो जिल्ला पठाइएको र बाकी रहेका मजदुरहरुलाई पनि पठाउने तयारीमा पालिका रहेको उहाँले जानकारी दिनुभयो ।

बाहिर जिल्लाबाट पालिका भित्र आएकाहरु होम क्वारेन्टाइन र अन्य देशबाट आएकाहरुको लागि पालिकाको क्वारेन्टाइन बस्न अनिवार्य गरेको पालिकाको क्वारेन्टाइन हाल दुई जना रहेका छन् । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा घरमै स्वास्थ्यकर्मी पठाउने ब्यबस्था मिलाएको पाकिकाले तीनवटा एम्बुलेन्स र दुइटा अन्य गाडी स्वास्थ्यको लागि प्रयोग गर्न तयारी अवस्था राखिएको थापाले जानकारी दिनुभयो ।

सबै स्वास्थ्य कर्मीको लागि आवश्यक पिपिइ, मास्क, थर्मल गन सबै ब्यबस्थापन मिलाएको जनाएको पालिकाले आपतकालीन अवस्थाको लागि समेत केही स्वास्थ्य सामग्री समेत तयारी अवस्थामा राखेको जनाएको छ । पालिका भित्र जस्तोसुकै बेला पनि समस्य परेमा वडा अध्यक्षलाई सम्पर्क गर्न पालिकाले सबैमा अनुरोध समेत गरेको छ ।

अत्यन्त निम्न आय भएका गाउँपालिका एक सय ८८ घर परिवार र ७५ जना बाहिरका मजदुरलाई पहिलो चरणको राहत वितरण गरेको जनाएको पालिकाले दोश्रो चरणमा ४ सय ४३ घर परिवार र ४५ बाहिरका मजदुरहरुलाई राहत वितरण गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

औसधिको कारणले धेरै मानिसहरु छट्पटीमा परेको हुँदा दीर्घ रोगिहरुलाई एक महिनाको औसधि निशुल्क वितरणको गर्ने योजनामा पालिका रहेको भन्दै त्यसको लागि भैरहवा पोखरा बुटवल लगायतका क्षेत्रबाट सिधै औसधि ल्याउने तयारी रहेको थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हालसम्म पालिकाकै स्वास्थ्य केन्द्रबाट दीर्घ रोगीहरुको औसधि उपलब्ध गराउदै आएका थियौं अब यहाँ भएको औसधि समेत सकिन लागेको हुँदा यस्तो ब्यबस्था गर्न लागेका हौं ।