भक्तपुरमा ५२ पत्रकारलाई ज्याकेट सहित सुरक्षा सामाग्री प्रदान

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर।

प्रेस संगठन भक्तपुर,जिल्ला खेलकुद बिकास समिति र मानवीय आस्था नेपालको संयोजनमा ५२ जना पत्रकारलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सर्जिकल मास्क र सेनेटाइजर वितरण गरिएको छ ।संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरका पत्रकारलाई प्रेस ज्याकेट तथा बिभिन्न स्वास्थ्य सामाग्री वितरण गर्नुृभयो ।

आज सूर्यविनायकको यो योमा बैंक्वेटमा आयोजना गरेको कार्यक्रममा पुर्वमन्त्री बस्नेतले आफ्नो पहलमा बिभिन्न संस्थाको सहयोगजुटाएर अभावमा रहेका एक हजार भन्दा बढी परिवारलाई राहत सामाग्री, अस्पताल तथा स्वास्थ्य संस्था, पिपिई मास्क, सेनेटाइएजर लगायतका स्वास्थ्य सामाग्री, नेपाल प्रहरीलाई बिभिन्न स्वास्थ्य सामाग्री सहित पानीको ट्यांकी वितरण गरेको बताउनु्भयो ।

त्यसैगरी भाकै र अलपत्र परेको नागरिकका लागि भक्तपुरको गठ्ठाघर र जगातीमा खाना, बस्नेको व्यबस्था गरेको, घर जानेहरुलाई सवारी साधनको व्यबस्था गर्दै उद्दार गरी पठाएको बताउदै नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले कोही राहतको आवश्यकता भएका र भोकै परेका छन् भने तत्काल सम्पर्क गर्न आव्हान गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाको प्रत्येक वडा कार्यालयमा, चाँगुनारायण नगरपालिका, मध्यपुरथिमि नगरपालिका र भक्तपुर नगरपालिका भित्र आवश्यक परेको ५० ठाउँमा हात धुनका लागि पानी राख्ने ५०० लिटरको ट्यांकी राख्न सुरु गरेको बताउनुभयो । लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा आएर समाचार संकलन तथा फोटो खिच्नु पर्ने भएकाले धेरै पत्रकार जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउदै उहाँले पत्रकारलाई अत्यावश्यक सुरक्षाका सामाग्री आवश्यक ठानेर वितरण गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलको जटिल परिस्थितिमा पनि पत्रकारहरु आफ्नो स्वास्थ्यको जोखिम मोलेरै कार्य क्षेत्रमा नियमित खटिएको बताउदै उहाँले संचारकर्मीका लागि सरकारले स्वास्थ्य बिमा सहित राहतको प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रंजित प्रेस संगठन भक्तपुरका संयोजक कबिता थापाले कोरोना भाइरस संक्रमण रोक्न र समस्याको समाधान गर्न निरन्तर खटिने बताउनुभयो ।