सभामुख सापकोटाको पहलमा स्थानीय तहलाई स्वास्थ्य सामाग्री

0
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

प्रतिनीधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा जिल्लाका गाउँनगरलाई आवस्यक स्वास्थ्य सामाग्री प्रदान गरिएकोछ । मंगलबार चीनसँगको सीमावर्ती भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिकाका प्रमुखलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सभामुख सापकोटाकाको पहलमा प्राप्त सामाग्री नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाले स्थानीय सरकारकाका प्रमुखहरुलाइ हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामाग्रीका लागी नेता माधव सापकोटा स्वयं पनि सक्रिय भएर लाग्नुभएको थियो ।

स्थानीय तहका आवस्यक्ता हेरी थर्मल गन, पीपीई सेट, एन नाइन्टी फाइभ मास्क, किटनाशक स्प्रे, पञ्जा लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

सभामुख ज्यूको बिशेष पहल रह्यो, स्वास्थ्य सामाग्री ल्याउन हामी पनि सक्रियताका साथ लाग्यौं, गाउँनगरका प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गर्दै नेता सापकोटाले भन्नुभयो । बुधबार बिहान सुनकोसी गाउँपालिकामा सामाग्री हस्तान्तरण गरिँदैछ ।