ताप्लेजुङमा ९२ जनाको आरडीटी परीक्षण,सबैको रिपोर्ट नेगेटिभ

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

ताप्लेजुङ सबै स्थानीय तहमा मंगलबार सम्म गरिएको ९२ जनाको आरडीटी टेष्ट परीक्षण गरीएको छ भने सबै नतिजा नेगेटिभ आएको छ । मंगलवार पाथीभरा याङ्वरक गाउँपालिका ४ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलका अनुसार अहिले सम्म मिक्वाखोला गाउँपालिकाको लिवाङमा ५ जना र सिरिजङ्घा गाउँपालिकाको तेल्लोकमा ८ जनाको परीक्षण गरिएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङमा गरिएको परीक्षणबाट १२ जनाको रिर्पोट नेगेटिभ आएको थियो। मैवाखोला गाउँपालिकामा एक जनाको परीक्षण गरिएकोमा सो रिर्पोट पनि नेगेटिभ आएको छ ।

सिदिङ्वा गाउँपालिकाको ११ जनाको आरडीटी किटबाट परीक्षण गरिएको छ । अस्पतालमा २६ जना, मेरिङ्देन गाउँपालिकामा १५ जना, फक्ताङ्लुङ गाउँपालिकामा ४ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६ जना र सिदिङ्वा गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको हो। परीक्षण गरिएका सबै रिर्पोट नेगेटिभ आएको छ ।