नेपाली लगायतका पर्यटकको उद्धार

0
Shares

नयाँदिल्ली,(एजेन्सी)।

भारतिय सरकारी अधिकारीहरुले भारतले कोरोना महामारीको कारण राष्ट्रव्यापि लक डाउन लागु गरेयता एउटा गुफामा बस्दै आएका छ जना विदेशी पर्यटकलाई उद्धार गरेका छन् । आफुहरुसंग थोर पैसामात्र रहेका अवस्थामा अचानक अलपत्र परेपछ ति चारजना पुरुष र दुइजना महिला पर्यटक उत्तरी भारतको ऋषिकेशको एउटा गुफामा शरण लिन बाध्य भएको बताइएको छ । भारतमा २४ मार्च देखि हवाई , रेलवे र स्थल यातायातत सेवा बन्द गरिएको छ ।

परिक्षणबाट कोभिड १९ नेगेटिभ देखिएको र ति सबैलाई एउटा निजी क्वारेन्टाइन सेन्टरमा पठाइएको अधिकारीहरुले बताएका छन् । ति विदेशीहरुमा युक्रेन, अमेरिका , टर्की , फन्स र नेपालका नागरिक रहेका छन् । तिनीहरु गत वर्ष छुटाछुटै भारत पुगेका थिए ।

तिनीहरु शुरुमा हिमालको फेदमा रहेको पर्यटकीय स्थल ऋषिकेशका साना होटेल र लजमा बस्दै आइरेका थिए । विगत २५ दिन देखि गुफामा बस्दै आएको तिनीहरुबारे प्रहरीलाई स्थानिय वासिन्दाले सुचना दिएका थिए ।