आप्रवासीलाई अमेरिका प्रवेशमा रोक

0
Shares

वासिंगटन,(एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरस महामारीको कारण अस्थायी समयका लागि कुनै पनि आप्रवासीलाई अमेरिका प्रवेश नगराउने कार्यकारिणी आदेश पत्रमा हस्ताक्षर गर्ने भएका छन् । टिवटरमा उनले भाइरसलाई ‘ अदृश्य शत्रुको आक्रमण ’ को संज्ञा दिँदै अमेरिकी जनताको रोजगार जोगाउनु पर्ने बताएका छन् ।

तर सो आदेश पत्र जार भएपछि के कस्ता कार्यक्रमहरु प्रभावित हुने र राष्ट्रपतिले त्यसलाई कार्यान्वयन गर्ने सक्ने हुन कि होइनन् भन्ने स्पष्ट भएको छैन । तर समिक्षकहरुले कारेना महामारी मार्फत सरकारले आप्रवासीहरुलाइृ दमन गर्न खोजिरहेको आरोप लगाएका छन् ।

व्हाइट हाउसले महामारीको अत्यन्तै खराव अवस्था सकिएको र मुलुकलाई पुन खोल्न सक्ने वहश चलाइरहेकाबेला ट्रम्पले सामेवार राति अवेर यो घोषणा गरेका हुन् । कोभिड १९ को महामारी रोकन अमेरिकाका थुप्रै राज्यले मानिसहरुका आवत जावतमाथि रोक लगाएकाले अर्थतन्त्रको केहि हिस्सा ठप्प हुन पुगेको छ । विगत चार साता भित्र २ करोड भन्दा बढी अमेरिकी जनताले रोजगार गुमाएको दावी गरिएको छ ।