प्रहरी हिरासतका सहित ४ सय २ को आरडीटी परीक्षण


न्युज अफ नेपाल, नवलपरासी ।

कोभिड १९ संक्रमणको आशंकामा पूर्वी नवलपरासीका ४ सय २ जनामा गरिएको आरडीटी परीक्षणमा सवै नतिजा नेगेटिभ आएकाछन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार लक्षणका हिसाबले जटिल मानिएका ४० जनाबाट संकलित नमूना स्वावको पिसिआर गर्दा कसैमा कोरोना पोजेटिभ देखिएको छैन ।

परीक्षणकै क्रममा विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका ३४ जनाको आरडीटी परीक्षणमा पनि सवैको नतिजा नेगेटिभ रहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

हरेक दिन जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रका ओपिडिमा सयौंको संख्यामा विरामी कोरोना संक्रमणको आशंकामा आउने गरेको स्वास्थ्यकर्मी बताउछन् ।
ति मध्ये ज्वरो, खोकी तथा रुघा लागेका विरामी तथा विदेश बाट आएका र क्वारेन्टाईनमा बसेकाहरुलाई आरडिटी परीक्षण गर्ने गरिएको छ ।

सोमबार मात्रै ८६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएकोमा सवैको नतिजा नेगेटिभ देखिएको जनस्वास्थ्य प्रमुख केशव प्रसाद चापागाईले बताउनु भयो ।
चापागाईका अनुसार अस्पताल आएका ७ सय ५८ जना मध्ये ४० जनामा ज्वरो देखिएको थियो ।

जिल्लामा हाल ३३ जना क्वारेन्टाईन बासमा छन् भने ८ सय ६८ जना पछिल्लो पटक विदेशबाट आएको तथ्यांक रहेको छ ।