चट्याङ पर्दा दुईको मृत्यु, ७ घाइते


न्युज अफ नेपाल, धादिङ

हावाहुरी र असिना संगै हिजो साँझ दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारतक्षेत्रमा रहेको छ । यो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्ने गरेको छ ।

५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याल चट्याङका कारण घाइते भएकोमा उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष अमित घलेले जानाकारी दिनु भएको छ ।

गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गाउँमा रहेको विजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ रबालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो । घरमा जता छोएपनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबबाट झिक्नलाग्दा, बत्ती निभाउन खोज्दा करेन्ट लागेको हो ।

घाइते भएका चार जना महिला र दुई जना पुरुषको भुुमेस्थान स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थल सम्म पुग्न पुथ्वीराजमार्गको महादेबबेसीबाट चारघण्टाको दुरीमा दक्षिण तर्फरहेको छ