ऋषिङमा परेको असिनाले अन्नबाली सखाप


मिला दरै, तनहुँ ।

तनहुँको ऋषिङ गाउँपालिकाका विभिन्न ठाउँमा सोमबार साँझ असिना सहित पानी परेको छ । लामो समय र ठूला गरी परेको उक्त बिनासकारी असीनाले लाखौं मुल्यको अन्नबाली नष्ट गरेको गाउँपालिकाले जनाएको छ ।

भरखरै मात्र छरेको अन्नबाली र तरकारीलाई धेरै क्षति पुगेको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ जानकारी दिनुभयो । धेरैजसो ठाउँमा पानी भन्दा बढी असिना परेको श्रेष्ठले बताउनुभयो । ‘असिनाले कति क्षति पु¥याएको छ भन्ने यकिन समेत गर्न सकेका छैनौं,’ -अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

ऋषिङको सबै क्षेत्रमा असिना परेको र असिनाले बोटबिरुवाको पात समेत नरहेको नेवार समन्वय समिति ऋषिङ गाउँपालिका अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले बताउनुभयो । ‘यहाँका स्थानीयवासीले असिना फाल्दैमा ठिक्क भएको छ, करिव ८ देखि १० इन्च माथिसम्म असिना परेको थियो,’ -उहाँले भन्नुभयो ।