सुरक्षाका न्यूनतम विधि उपलब्ध गराउन माग


काठमाडौं, (नेस)

महामारीका बेला सुरक्षाका पर्याप्त उपाय अपनाउन नपाएका फोटो पत्रकारहरुको सुरक्षाका विषयमा पीजे क्लबको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।

विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरु सुरक्षाका न्यूनतम विधिका भरमा काम गर्न बाध्य देखिएको पीजे क्लबले जनाएको छ ।
आम नागरिकको स्वास्थ्य सुरक्षाको चासो सर्वत्र उठिरहेका बेला ती नागरिकलाई सुसूचित गर्नुपर्ने जिम्मेवारी बोकेका पत्रकारहरु आफै सुरक्षित रहनु झन् आवश्यक हुन्छ ।

कतिपय सपत्रकार न्यूनतम सुरक्षाका भरमा कार्य गर्दै आइरहेका सन्दर्भमा उनीहरुलाई आधारभूत सुरक्षाका साम्रगी तथा समयमा पारश्रमिक पनि नपाएको गुनासाे आएको छ । फोटो पत्रकारहरुकोे सुरक्षाका लागि चाहिने एन ९५ मास्क, स्यानेटाइजर, पन्जा, चस्मा आवश्यक परेको खण्डमा पीपीई तथा विशेष भत्तासहित समयमै तलब उपलब्ध गराउन हुन सम्पूर्ण सञ्चार गृहसमक्ष अपिल गरेको छ ।

क्लबले कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका स्वस्थ्यकर्मी, सुरक्षानिकायसहित सम्बन्धित निकायहरुको कार्यमा बाधा नआउने गरी आफ्नो कार्य गर्न पनि सम्पूर्ण फोटोपत्रकारलाई अनुरोध गरेको छ ।