काठमाडौं, (नेस)
पेसागत संघसंगठन (पापड)का प्रतिनिधिले कोरोनाको संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न सरकारलाई छ बुँदे सुझाव दिएको छ ।
विद्यमान अवस्थालाई गम्भीर रुपमा मनन गरी नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु, विज्ञहरु तथावरिष्ठ पत्रकार, शिक्षकहरु, मानव अधिकारकर्मीले एक विज्ञप्तिमार्फत सरकारलाई सुझाव दिएका हुन् ।
सम्पूर्ण शंकास्पद केसहरुमा अनिवार्य पीसीआरबाट देशभर व्यापक परीक्षण गर्ने वातावरण सुनिश्चित गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमणबाट सुरक्षित राख्ने वातावरण मिलाउन, ज्यालादारी गरेर आफ्नो परिवारलाई पालिरहेका मजुदरहरुको जीवन रक्षाका निम्ति नेपाल सरकारले गुणस्तरीय राहत सामग्रीहरुको सहज उपलब्धता गराई वितरणलाई पारदर्शी र पक्षपात विहीन गराउन पनि माग गरिएको छ ।
आर्थिक अनियमितता र गुणस्तरहीन सामग्री खरिद गर्नेलाई अविलम्ब कानुनी कारबाही गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउन भनिएको छ । साथै विज्ञप्तिमा आमनागरिकलाई महामारी नियन्त्रणमा गहन भूमिका निर्वाह गर्न यसै विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।











प्रतिक्रिया