ताप्लेजुङका सम्पर्क विहिन स्थानीय तह

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

गत चैत २८ गते हावाहुरी संगै असिना च्याट्याङले परेपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपाालिका ६ मुरीङला डाडाँमा रहेको एनटिसीको टावर छयति पुगे संगै अहिले फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक,हेल्लोक सांघु,फेम्बू लेलेप, हेल्लोक लुङथुङ लागायत विभिन्न स्थाहरुमा नेर्टवक विहिन बन्न पुगेको छ ।

अहिले कोरोना भाइरसले विश्वनै तरङगित भएको अवस्थामा साथै लकडाउनको समयमा आफन्तहरु संग सम्पक विहिन हुनुपरेकोमा याहाँका स्थानीय थप समस्या भएको बाताउँछन् ।

यता उक्त टावर विराटनगर क्षेत्रियकार्यालयले हेर्ने भएकोले विराटनगर देखि प्रविधिक ताप्लेजुङ आउन लक डाउनको कारणले आउन नसकेको नेपाल दुरसंञ्चार कार्यालय ताप्लेजुङका प्रविधिक सुदिप महतले जानकारी दिनु भयो ।

नेपाल दुरसंञ्चारकार्यालयमा जानकारी गराइसकेको र नेपाल टेलिकमले तत्काल कोराना भाइरसको कारणले प्रविधिक पठाउन नसक्ने नेपाल टेलिकमले जाकारीदिएको फक्ताङलुङ गाउँपालिका कार्यकारी प्रमुख सन्तोष श्रेष्ठले बताउनु भयो । वैकविक उपायबाट भएपनि टावर मर्मत गरी संञ्चालनमा ल्याउँन पहल भईरहेको कार्यकारी प्रमुख सन्तोष श्रेष्ठले जानकारि दिनुभयो ।