राहतका नाममा गैससद्वारा नगद

0
Shares

न्युज अफ नेपाल,,हेटौंडा।

लामो लकडाउनका कारण पीडामा परेकाहरुलाई मकवानपुरमा राहतको नाममा नगद बितरण गरिएकोप्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ ।
नेपाल कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाटमा पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्लान नेपालले राडो नेपालमार्फत् हेटौंडाका विभिन्न वडामा राहतका नाममा नगद बितरण गरेकोप्रति आपत्ति जनाउनुभएको हो ।

मकवानपुरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालमार्फत् राडो नेपालले राहतका नाममा नगद बितरणको काम जारी राखेको भन्दै गैरसरकारी संस्थामार्फत् राहतका नाममा नगद बितरणको काम बन्द गर्दै राहत रकममा नभएर स्थानीयस्तरमा आवश्यक सामग्री सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने व्यबस्थाका लागि प्रशासनको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ ।

राहत बितरणमा राजनीतिक लाभको उद्धेश्य राखेर काम गरिएकोप्रति आपत्ति रहेको बानियाँले बताउनुभयो । सरकारले एकद्वार प्रणालीमार्फत् राहत बितरण गर्न निर्देशन दिएको छ ।