नेवि संघद्वारा अपांगलाई राहत

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

नेपाल विद्यार्थी संघ पूर्वी नवलपरासी शाखाले संघ स्थापनाको ५१औं वर्षगाठको अवसरमा अपांगलाई राहत वितरण गरेको छ ।कोभिड १९ ले देश लकडाउन भएको अवस्थामा नेविसंघले स्थानीय मौलाकाली अपांग सेवा संस्थामा राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

ने.वि. संघले संस्थामा रहेका वाल वालिकाका लागि ५० किलो चामल, ५ किलो दाल ,५ किलो प्याज र २५ किलो आलु सहित चाउचाउ, विस्कुट लगायत खाद्य सामाग्री वितरण गरेको अध्यक्ष राजेश पौडेलले बताउनु भयो ।

राहत वितरण कार्यक्रममा नेका जिल्ला सचिव बालकृष्ण घिमिरे, ने.वि.संघ पूर्व केन्द्रिय सदस्य आर सी भट्टराई, जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल सहित नेवि संघ जिल्ला पदाधिकारीहरुको सहभागिता रहेको थियो ।