असिना पानीले ठुलो क्षति


भूपराज बस्याल, स्याङ्जा ।

आइतबार साझ परेको असिना पानी कारण स्याङ्जाका विभिन्न स्थानमा ठुलो क्षति भएको छ । सुन्तलाका लागि निकै प्रसिद्ध ठाउँमा आइतबार झन्डै आधा घण्टा आएको असिना पानीका कारण ठूलो क्षति भएको अर्जुन चौपारी गाउँपालिका स्थानीय टुकराज अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुन्तलाका दाना लाग्ने समयमा आएको असिना पानीले सुन्तला खेतीमा ठूलो क्षति पुर्याएको बताउनुभयो । खेतबारीमा लगाइएको तरकारी बाली समेत पुरै नष्ट पारेको हुँदा कृषक चिन्तित बनेको उहाँले बताउनुभयो ।

असिना पानीले के कति क्षति पुर्यायो भन्ने पुर्ण विवरण नआइसकेको र विवरण संकलन गर्ने काम भैरहेको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै आइतबार परेको असिना पानीका कारण भिरकोट , पुतलिबजार, नगपालिका तथा बिरुवा गाउँपालिका आसपास क्षेत्रमा पनि व्यापक असिना परेको हेलुवाट बिकास खाणले बताउनु भयो विशेष गरि टमाटर बोणि मकै मा बढि क्षति भएको उहाँले बताउनुभयो ।

हालसम्म क्षतिको पूर्ण विवरण आइनसकेको हुँदा जिल्लामा क्षति विवरण संकलन गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।