सिन्धुलीमा ३ सय ५२ जनाको रिर्पोट नेगेटिभ


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परिक्षण गरिएको ३ सय ५२ जनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना भाईरस नभएको पाइएको छ । जिल्लाका दुई नगरपालिका सहित सात गाउपालिकामा कोरोना सङ्क्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परिक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

जिल्लाका नौ वटै स्थानिय तहमा भारत तथा तेस्रो मुलकबाट घर आएर एकान्तबास (होम क्यारेन्टाईन)मा बसीरहेकाहरुको परिक्षण गरिएको हो । स्वास्थ कार्यालय सिन्धुलीले गत चैत ३० गते देखि परिक्षण गर्न सुरु गरेको थियो ।

दुधौली नगरपालिकामा १८ जना, कमलामाई नगरपालिकामा १सय६ जना, मरिण गाउपालिकामा ३८ जना, हरिहरपुरगढी गाउपालिकामा ३७ जना, तिनपाटन गाउपालिकामा ५२ जना, घ्याङलेख गाउपालिकामा १३ जना, फिक्कल गाउपालिकामा २१ जना, गोलन्जोर गाउपालिकामा ३० जना र सुनकोशी गाउपालिकामा ३७ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिक्षण गरिएको सबै ३५२ जनाको नै रिर्पोट नेगेभिट अर्थात कोरोना भाईरस नभएको पाईएको छ ।