मन्त्रिपरिषद्को बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

आज बस्ने बैठकले लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ।

आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्ने स्रोतको भनाइ छ । त्यस्तै सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापनलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन समय १२ दिन थप गरेर वैशाख १५ गतेसम्मको लागि पुर्‍याएको थियो।

तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने जानकारी स्रोतले जानकारी दिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष अन्तर्वार्ता दिंदै तत्काल लकडाउन खोल्न नसकिने संकेत दिइसकेका छन् ।

अझै एक हप्ता बाँकी रहेकाले त्यसबारे अर्को बैठकमा छलफल हुने बताइएको छ ।