परिसरद्वारा डीएसपी सुबेदी र प्रहरी निरीक्षक पन्थी पुरस्कृत


न्युज अफ नेपाल, काठमाडौ ।

महानगरीय प्रहरी परिसर काठमाडौले उत्कृष्ट काम गर्ने बिभिन्न प्रहरी युनिटका प्रमुख तथा अधिकृतलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । समाजमा अमन चयन कायम राख्न उल्लेखनीय भूमिका खेलेको भन्दै तत्कालिन प्रहरी प्रमुख उत्तमराज सुबेदीले महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदी र प्रहरी प्रभाग सांखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थीलगायतका प्रहरी अधिकृत तथा जवानलाई उत्कृष्ट काम गरे वापत पुरस्कृत गर्नु भएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव उपरीक्षक एक, प्रहरी निरीक्षक ३, प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार १ र प्रहरी जवान ८ रहेका छन । पुरस्कृत हुनेहरुले संगठनले दिएको काम उत्कृष्ट ढंगले गरेको र समुदायमा प्रहरीको छवी सकारात्मक ढंगले प्रवाह गरेको भन्दै परिसरले पुरस्कृत गरेको सुवेदीले जानकारी दिनुभयो । सुबेदीलाई सरकारले हालै डिआईजीमा बढुवा गरेको छ । पुरस्कृत हुनेहरु सबैको रेडकमा जनिने गरी पुरस्कृत गरेको हो ।

पुरस्कार पाउने अन्यमा परिसर काठमाडौ का निरीक्षक राजन लामा, बृत्त स्वयम्भू का निरीक्षक युबराज चौधरी, नायब निरीक्षकहरु नरेन्द्र बोगटी, धन सिंह ऐरि, र गिता थापा, प्रहरी सहायक निरीक्षक सबिन तामाङ , प्रहरी हवल्दार खिमानन्द बडु र जबानहरु हेमराज शर्मा, देबराज गिरि, बम बहादुर लाप्चा, भोला ढकाल, गणेश खड्का , गिता ढुगाना, दिलमाया रुचाल, र दिपेन्द्रराज डिसी छ्न।