काठमाडौं परिसर आउन श्याम ज्ञवालीको यो सम्मको हर्कत ?


न्युज अफ नेपाल, काठमाडौ ।

महानरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखा यति बेला नेतृत्व बिहीन छ । परिसर र महाशाखा प्रमुख क्रमश उत्तमराज सुबेदी र शहकुल थापा डिआईजीमा बढुवा भएपछि ती दुवै ठाउं अहिले नेतृत्व बिहीन छ । अहिले परिसर र महाशाखा आउन एसएसपीहरु दौडधुप गरेका छन । काठमाडौ परिसर आउन हाल महानगरीय प्रहरी कार्यालयमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवाली हात धोएर लागेका छन ।

बर्तमान आईजीपी ठाकुर ज्ञवालीका सहोदर भाइ भएको कारण उनी अहिले आफु परिसर प्रमुख भइसकेको भन्दै बिभिन्न मिडियामा समाचार लेखाउदै आएका छन । उनले केही संचारकमीलाई आफु परिसर प्रमुख भएपछि सहयोग गर्ने भन्दै नभएका कुरालाई पनि समाचार बनाउन तल्लिन भएको देखिन्छ । उनी एसपीमा आफु एक नम्वरमा बढुवा भएकोे तर एसएसपीमा भने पछाडि पारेको भन्दै मिडियामा लेखाउन भ्याएका छन ।

तर उनी एसपीमा बढुवा हुदा पनि एक नम्वरमा बढुवा भएका थिएनन । उनी आफु भन्दा पनि आफ्ना प्रतिस्पर्धीको बारेमा अर्नगल प्रचार गराएर आफु राम्रो अरु चाही नराम्रो भनाउन माहिर मानिन्छन । उनलाई उनका निकटका पत्रकारले उनी ब्यवसायिक अधिकृतको उपमा दिएपनि उनले अहिले सम्म उत्कृट काम गर्न सकेका छैनन ।

आफ्नो दाई आईजपी भएको मौकाको फाइदा उठाउदै ज्ञवालीले काठमाडौ परिसर ताकेको भएपनि गृह मन्त्री रामबहादुर थापाले भने एसएसपी दीपक थापालाई काठमाडौ प्रहरी परिसर प्रमुखको रुपमा ल्याउने तयारी गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । एसएसपी थापालाई खुमलटार र बालुवाटार दुवै ठाउंबाट रुचाइएका ब्यक्ति भएको गृह स्रोतले जानकारी दिएको छ ।

अहिले थापालाई परिसर तथा अपराध महाशाखा दुबै ठाउंमा आउन नदिन एसएसपी ज्ञवाली हात धोएर लागेका छन । एसएसपी थापा ब्यवसायिक अधिकृत हुन । उनी चितवनको स्थानीय निकायको चुनावमा समेत हलचल नगरी आफ्नो अडानमा बसेर त्यसबेलाको समस्याको समाधान गरेका थिए । त्यस्तै महानगरीय अपराध महाशाखाकालागि किरण बज्रार्चाय र रामदत्त जोशीको नाम आएको छ ।

बालुवाटारले बज्रार्चायलाई महाशाखा प्रमुख बनाएर पठाउन गृहलाई निर्देशन दिएको छ भने खुमलटारले भने जोशीलाई पठाउन गृहमा लविङ गरिरहेको स्रोतले दावी गरेको छ ।