नेपाल समाचारपत्र, काठमाडाैं
नेपाली कांग्रेसले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले १६ बुँदामा विभिन्न निर्णय गर्दै पहिलो नम्बरमा यस प्रकारको आग्रह गरेको हो ।
‘सरकारले व्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहीं पनि कसैलाई पनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न नेपाली कांग्रेसका साथीहरूलाई आग्रह छ’ बैठकले अपील गरेको छ ।
केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहत पु¥याउन पनि आग्रह गरिएको छ ।
सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ ।
साना ठूला सबै व्यवसायीहरुले बेहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तहसमक्ष माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।











प्रतिक्रिया