लकडाउनको प्रभाव: वियाँ रहितका काँक्रा सयमा २ किलो


यमलाल भुसाल, बुटवल ।

कोरोना महामारीको कारण गरिएको लकडाउनका कारण उत्पादित अर्गानिक तरकारीले मुल्य नपाउदाँ किसानले विशेष अफर संचालन गरि सस्तोमा उत्पादन विक्रि गर्न बाध्य भएका छन ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ विष्णुपुरामा गरिएको अर्गानिक तरकारी खेतीले वजार मुल्य नपाएपछि किसानले विशेष सस्तो अफर संचालन गरी उत्पादित सामान वजार मुल्य भन्दा सत प्रतिशत सस्तोमा विक्रि गर्न थालेका छन ।

यही बैशाख ३ गते देखि शुरु गरिएको सस्तो अफरमा उपभोक्ताको आर्षण बढेो बताईएको छ । ४ जना युवाहरुले समुह वनाई प्राईम एग्रोफार्म नामक नेचुरली भेन्टिलेटेड पोली हाउसको माध्यमवाट विषादी रहित तरकारी र विरुवा उत्पादन गदै आएको संचालक दीपक कार्कीले बताउनु भयो ।

साढे १ विगाहा क्षेत्रफल जग्गामा विषादी रहित तरकारी खेती उत्पादन गर्ने गरि १ करोडको लागतमा कृषि परियोजना संचालन गरेका युवाले कोरोना महामारीको कारण गरिएको लकडाउनले प्रचार प्रसार गर्न सजिलो भएको तर उत्पादित वस्तुले मुल्य नपाएको बताएका छन ।

कृषि फार्ममा करेला ,लौका ,भिन्डी, वोडी, घिरम्ला, टमाटर काँक्रा लगायता तरकारी उत्पादन गरेपनि वजारको अभाव नभएपनि लकडाउनले गर्दा लागत अनुसारको मुल्य नपाएो बताएका छन ।

विशेष गरि तरकारी खरिदकालागि उपभोक्ता फार्ममै आउने गरेपनि काठमाण्डौ र पोखराको वजारलाई मध्य नजर गरि उत्पादन गरिएको सिड लेस वियारहित काँक्राले वजार र मुल्य नपाउदाँ सस्तोमा विक्रिगर्ना लागि विशेष अफर योजना संचालन गर्नु परेो फार्मका अर्का संचालक मोहन क्षेत्रीले बताउनु भयो ।

स्थानिय कार्की, क्षेत्री, लाल बहादुर बस्नेत र ईश्वरी पौडेल सहित ४ जनाले अर्गानिक तरकारी उत्पादन गरि उपभोक्तालाई विषादी रहित तरकारी खुवाउने अभियानलाई कोरोना भाईरसले गर्दा समस्या भएको संचालक कार्की बताउनु भयो ।

कृषि फार्ममा कृषि उपरणको समस्या रहेको र सरकारले अनुदानमा वा राहतमा कृषि उपकरणको व्यवस्था गरिदिएमा उत्पादनमा सहजता हुने र उपभोक्तालाई पनि कम मुल्यमा उत्पादित वस्तु विक्री गर्न सकिने संचालक क्षेत्रीले बताउनु भयो ।


सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई राहत र अनुदान दिने गरेको वारेमा जिज्ञासा राख्दा उहाँहरुले लकडाउनका कारण स्थानिय सरकार र प्रदेश सरकारसंग पहल गर्न वाँकी रहेको बताएका छन ।

लडाउनका कारण कतै तरकारी नपाएर खानवाट वन्चित हुनु परेको छ भने कतै उत्पादित वस्तुको खपत नहुदाँ लागत मुल्य भन्दा पनि सस्तोमा वस्तु विक्री गर्न किसान वाध्य भएका छन ।

यस्ता किसानले उत्पादन गरेका वस्तुको स्थानिय सरकारले वजारको व्यवस्थापन गर्न जरुरी रहेको छ ।
स्थानिय सरकारले दिने राहतमा किसानले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिन र किसानका उत्पादन स्थानिय सरकारले खरिद गर्ने पद्धतिको विकास गर्न सकेमा किसान कृषि उत्पादन गर्न थप प्रोत्साहित हुने छन जसले गर्दा मुलुकमा व्यवसायीक कृषिको विकास हुने छ ।

उक्त कृषि फार्ममा करेला प्रतिकिलो १६०। ,लौका १००। ,भिन्डी १२०।, घिरम्ला १२०, सिड रहित काँक्रा ५०। भक्तपुरे नेपालीकाँक्रा १००। रुपैया प्रतिलिोमा विक्री गरिएको कार्कीले बताउनु भयो । फार्ममा उक्त मुल्यमा उपलब्ध गराईएको छ भने होम डेलिभरीको व्यवस्था पनि भएकाले त्यसरी माग गर्नेले थप शुल्क तिर्नुपर्ने व्यवस्था फार्मले गरेको छ ।

प्राईम एग्रोफार्म जस्तै तिलोत्तमा नगरपालिका क्षेत्रको वडा नम्बर ३ को विष्णुपुरमा लुम्बिनी हाईडे पोनिक्स र वडा नम्बर ५ मणिग्राम पुर्वमा नेपाल हाईटेक प्रालि संचालनमा रहेका छन । कृषि फार्ममा आश्वयक पर्ने विउ र डयाम बनाउने मेशिन भारतवाट आयात गर्नु पर्ने भएकाले पनि लडाउनका कारण समस्या हुने गरेको व्यवसायीले बतायका छन ।