सबैको रिपोर्ट नेगेटिभ आएपछि सनसिटीमा मनाइयो खुशियाली

0
Shares

विदुर गिरी,काठमाडौं ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेमध्ये करिव ५ सय परिवाकार दुई सय ९८ जनाको ‍¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) को रिपोर्ट नेगेटिभ आएपछि सनसिटीवासीले खुशियाली मनाएका छन्।

अपार्टमेन्टको ब्लक एमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण देखिएपछि बुधबार ए ब्लकका सबै र अरु ब्लकका स्वास्थ्य अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिक गरी कुल दुई सय ९८ जनाको टेष्ट रिपोर्ट नेगेभिट आएपछि त्यहाँ बस्दै आएकाले राहत महशुष गरी खुशियाली मनाएका हन्।

‘टेष्ट गरिएका सबैजनाको टेष्टको रिपोर्ट नेगेटिभ आएपछि हामी यहाँ बस्ने सबैको मनमा राहत भएको छ। त्यसैले सबैजनाले ताली बजाएर खुशियाली मनाएउनु भएको हा’ सनसिटीको ब्लक एमा बस्दै आउनु भएका छायाँकार गौरीशंकर धूँजु श्रेष्ठले बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो ‘हिजो रातीसम्म टेष्ट हुने हो कि होइन भन्ने थियो।

तर हाज टेष्ट पनि भयो र रिपोर्ट पनि नेगेटिभ आयो। गेटका गार्डहरुको रिपोर्ट पनि नेगेटिभ आएकाले सबै ब्लकका मानिस ढुक्क भएका छन्। सबैको रिपोर्ट नेगेटिभ आएपछि हामीले करिव १० मिनेटसम्म ताली बजाएर खुशियाली मनायौँ।’

नायिका बेनिषा हमाल पनि सनसिटीकै जे ब्लकमा बस्छिन्। बुधबार गरिएको परिक्षणको रिपोर्टबाट अरुलाई जस्तै उनलाई पनि केही राहत त मिलेको छ। तर पूर्ण सन्तुष्ट भने छ्रैनन्। ‘ए व्लकको रिपोर्ट नेगेटिभ आयो भने अरुको टेष्ट गर्न जरुरी छैन भनेको थियो।

तर मलाई र यहाँ बस्ने सबैलाई सबैको टेष्ट जरुरी छ भन्ने लाग्छ’ बेनिषाले सुनाइन् ‘परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकाले केही रिलीफ भने भएको छ। सबैजनाले खुशियाली पनि मनाएनु भएको छ’ बेनिषाले सुनाइन्।

भिडियो : बेनिषा हमालको फेसबुकबाट