७० भन्दा बढी प्रकारका कोरोनाबिरुद्ध खोपको विकास, तीन खोप मानवमा परिक्षण शुरु

0
Shares

न्यूज अफ नेपाल,काठमाडौं।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस रोग विरुद्द ७० भन्दा बढी खोपको विकास भइरहेको जानकारी दिएको छ । डब्ल्यूएचओले तीन खोपको मानव परीक्षण चलिरहेको र बाँकीको अनुसन्धान भइरहेको बताएको हो ।

हाल मानव परीक्षणमा भइरहेका तीन खोप मध्ये बेइजिङ बायोटेक्नोलोजी इन्स्टिीच्यूट तथा हङकङ कान्सिनो बायो र दुई अमेरिकी कम्पनीको रहेका छन् । अरु ६७ भन्दा बढी खोप बेलायत सहित विश्वका बैज्ञानिकहरुले विकास गरिरहेको र मानिसमा खोपको प्रयोग गर्ने तयारी भइरहेको डब्ल्यूएचओले जनाएको छ ।

कोरोना संक्रमणका कारण विश्वभर १ लाख भन्दा बढी मानिसको मृत्यु भएपछि डब्ल्यूएचओले खोपबारे जानकारी दिएको हो । डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले कोरोना स्वाईन फ्लू भन्दा १० गुणा वढी खतरनाक रहेको र यसको पूर्ण नियन्त्रण खोपबाट मात्र सम्भव रहेको बताउदै आउनुभएको छ ।