अर्थमन्त्री आएको बारेमा खोजी गरिरहेका छौँ : नगरप्रमुख थापा

0
Shares

न्युज अफ नेपाल ,काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापाले कोरोना भाइरस संक्रमित फेला परेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडा आए÷ नआएको विषयमा खोजी भइरहेको बताउनुभएको छ ।

उहाँले बा२झ ३७३३ नम्बरको झण्डावाल गाडी सनसिटी अपार्टमेण्ट प्रवेश गरेको गार्ड कमान्डरले रेकर्डबाट पत्ता लागेको बताउदै उक्त झण्डावाल गाडी ४२ मिनेट बसेर साँझ ५ः५५ बजे त्यहाँबाट निस्किएको जानकारी भएकाले बाँकी विषयमा आफूहरुले खोजी गरिरहेको बताउनुभयो ।

चैत ११ गतेबाट सरकारले लकडाउन लागु गरेकै दिन अर्थमन्त्री खतिवडा साझ गएको बताइएको छ । यस बारेमा सरकार प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री खतिवडाले कुनै पनि प्रतिक्रिया दिनुभएको छैन् ।

आइतबार र्यापिड टेस्टका क्रममा एकै परिवारका तीन जनामा कोरोना संक्रमण भेटिएपछि केन्द्रीय प्रयोगशालामा भएको थप परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको थियो ।

अहिले अपार्टमेन्टलाई सिलबन्दी गरेर आज २ सय ९६ जनाको र्यापिड टेस्ट गरिएको छ । तर सबैको रिपोर्ट नेगेटिभ आएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाका छोरा तिलक खतिवडासमेत सोही अपार्टमेन्टमाम बस्दै आउनुभएको छ ।अर्थमन्त्रीका प्रेस संयोजक यमन पाण्डेले पनि अर्थमन्त्री उक्त अपार्टमेन्टमा नगएको दावी गर्दै आउनुभएको छ ।