पोखरामा पनि भेटियो र्‍यापिड टेस्टमा पोजेटिभ

0
Shares

न्युज अफ नेपाल,पोखरा ।

पोखरामा पनि एक जना ५५ बर्षीय महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।पोखरा महानगरपालिका(१२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

उनले प्रयोगशाला परीक्षणको नतिजा बिहीबार मात्रै आउने बताईएको छ ।पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो ।

उनमा लक्षण नदेखिएपनि कोरोना पोजिटिभ देखिएको हो । उनी केही समय अघि नै बिदेशबाट नेपाल फर्किएको बुझिएको छ । पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ ।