सिन्धुलीमा सम्धीको छुरा प्रहारबाट सम्धी, सम्धीनी गम्भीर घाईते

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको घ्याङलेख गाउपालिका वडा न.५ रामपुरडाँडा अपजसे टोलका दुई जना श्रीमान श्रीमतीलाई आफ्नै सम्धी नाता पर्नेले मंगलवार (हिजो) धारिलो हतियार छुरा प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।

घ्याङलेख गाउपालिका वडा न.५ अपजसे टोलका ४९ बर्षिया मान बहादुर वाईबाले आफ्नै सम्धी सम्धीनी नाता पर्ने सोही ठाउँका ४० बर्षिया मान बहादुर लो र निजकी श्रीमती ४५ बर्षिया साईली माया लो लाई धारिलो हतियार छुरा प्रहार गरी घाईते बनाएका हुन् ।

सम्धी सम्धीनीले आफ्नो छोरीलाई हेला गरेको बिषयमा झगडा गरी मान बहादुर वाईबाले छुरा प्रहार गरी श्रीमान श्रीमतीलाई नै घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

घाईते दुवै जनालाई मंगलवार नै काभ्रेको दुलिखेल अस्पताल उपचार गर्न लागेपनि त्यहाबाट रिफर गरेर ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरी नावय उपरिक्षक खत्रीले बताउनुभयो । घाईते श्रीमानको टाउको र श्रीमतीको गर्दनमा चोट लागेको उनले बताउनुभयो ।